
काठमाडौं । नेपालको अटोमोबाइल उद्योगको अग्रणी कम्पनी सिप्रदी ट्रेडिङ प्रालिले लोकोन्याभ नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । लोकोन्याभ उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन हो जसले गाडीहरुलाई प्रभावकारीरूपले व्यवस्थापन गर्न मद्दत पुर्याउँछ ।
गाडीको ट्रयाकिङ, इन्धन सुपरिवेक्षण र भिडियो टेलिम्याट्रिक्स जस्ता प्रयोजनका लागि लोकोन्याभ अन्यन्त उपयुक्त छ ।
सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले लोकोन्याभले गाडीको सही व्यवस्थापन गर्न ठूलो सहयोग गर्ने बताए । उनले भने, ‘यस लोकोन्याभ प्लेटफर्म मार्फत सिप्रदीले नेपालको गाडी व्यवस्थापन प्रणालीमा आमुल परिवर्तन गर्ने लक्ष्य राखेको छ ।’
लोकोन्याभका सहसंस्थापक श्रीधर गुप्ताले नेपाल जस्तो आर्थिक रुपमा उदियमान बजारमा उत्कृष्ट भन्दा उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।
लोकोन्याभ एक यस्तो सफ्टवेयर कम्पनी हो जुन विश्वका उदियमान एवं गतिशील बजारहरुका चालक एवं गाडी धनीहरुको फ्लिट म्यानेजमेन्टको पहुँचलाई सरल बनाउने तर्फ केन्द्रित रहेको कम्पनीले बताएको छ । विश्वका ५० भन्दा बढी मुलुकहरुमा उपस्थिति भएको लोकोन्याभ एउटै प्लेटफर्मबाट गाडी सञ्चालनको प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ ।
प्रतिक्रिया 4