
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले ग्राहकको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिने “ग्लोबल आईएमई चक्रवर्ती मुद्दती योजना” सार्वजनिक गरेको छ ।
यस मुद्दती निक्षेप योजनाअन्तर्गत तोकिएको समयावधिभित्र उक्त मुद्दती निक्षेप दोब्बर, तेब्बर, चौबर वा ग्राहकको चाहना बमोजिम सो भन्दा अझ बढी हुने बैंकले जनाएको छ ।
यस योजनामा निर्धारित ब्याजदरका लागि आवश्यक ब्याज प्रचलित दर अनुसार लागू हुनेछ । यो मुद्दती निक्षेप खाता सञ्चालनका लागि न्यूनतम मौज्दात १० हजार रुपैयाँ रहेको छ । यसले ग्राहकलाई आफ्नो निक्षेपको उच्चतम् प्रतिफल प्राप्त गर्न टेवा पुर्याउने विश्वास बैंकले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4