
फिल्म उचाईको छायांकनका क्रममा बलिउड अभिनेताहरु अनुपम खेर, बोमन इरानी, अभिनेत्री परिणिती चोपडा लगायत
काठमाडौं । नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाई’ आगामी कात्तिक २५ गते रिलिज हुने भएको छ । निर्देशक सुरज वर्जत्यले सोमबार फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् ।
अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको मुख्य भूमिका रहेको ‘उचाई’को छायांकन नेपालका पर्यटकीय थलोमा भएको हो । नेपालको कथावस्तु समेत रहेकाले फिल्मले नेपाली बजारमा समेत राम्रो कमाइ गर्न सक्ने अपेक्षा राखिएको छ ।
नेपालमा तीन साता खिचिएको फिल्मले २० करोड रुपैयाँभन्दा बढी खर्च गरिएको नेपाल व्यवस्थापन हेरिरहेकाहरु बताउँछन् । मित्रताको कथा भन्ने यो फिल्मले तीन प्रमुख पात्रको नेपाल घुमघामको कथा पेश गर्छ ।
नेपालको पर्यटनलाई पनि यो फिल्मले टेवा पुर्याउन सक्ने आशा लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4