+

वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिप : अथिङ मु ८०० मि. स्वर्ण जित्ने पहिलो अमेरिकन महिला खेलाडी

२०७९ साउन  ९ गते १३:१७ २०७९ साउन ९ गते १३:१७
वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिप : अथिङ मु ८०० मि. स्वर्ण जित्ने पहिलो अमेरिकन महिला खेलाडी

९ साउन, काठमाडौं । २० वर्षीय अथिङ मु वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपमा ८०० मिटर महिला दौडमा स्वर्ण जित्ने पहिलो अमेरिकन महिला धावक बनेकी छन् ।

अमेरिकाको यरेगनमा भएको च्याम्पियनसिपमा मुले बेलायती धावक किली हडकिनसनलाई पछि पार्दै स्वर्ण जितिन् ।

मुले ८०० मिटर दूरी १ मिनेट ५६.३० सेकेण्डमा पूरा गरिन् । मु को टाइमिङ यस वर्षको वर्ल्ड लिडिङ टाइमिङ हो ।

ट्रयाक एण्ड फिल्डको व्यक्तिगत इभेन्टतर्फ ओलम्पिक र वर्ल्ड च्याम्पियनसिप जित्ने मु सबै भन्दा कम उमेरकी महिला खेलाडी समेत बनिन् ।

बेलायतकी किलीले १ मिनेट ५६.३८ सेकेण्डमा दूरी पूरा गरिन् । गत वर्ष टोकियो ओलम्पिकमा पनि मुले किलीलाई नै पछि पारेर स्वर्ण जितेकी थिइन् ।

एथलेटिक्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय