
काठमाडौं । नेपालका लागि टीभीएस टु ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंको टोखा–३ स्थित स्थुलीमा नयाँ शोरुम ‘टोखामी अटो हब’ सञ्चालनमा ल्याएको छ ।
टीभीएस मोटरसाइकल तथा स्कुटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले टीभीएसमा ग्राहकलाई अझ राम्रो सेवा प्रदान गर्न सधैं प्रयासरत रहेको बताए । ग्राहकलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको उनको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4