
९ साउन, काठमाडौं । तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा मार्न गएको प्रहरीलाई अवरोध गरेको आरोपमा ८ जना महिला पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली विशेष सूचनाको आधारमा छापा मार्न गैरीगाउँको कल सेन्टरमा पुगेको थियो ।
तर ती महिलाले प्रहरीलाई अभद्र व्यवहार गर्दै छापा मार्न अवरोध गरेका थिए । त्यसपछि उनीहरुलाइ पक्राउ गरेर गौशाला लगिएको छ ।
यसरी पक्राउ पर्नेमा कैलालीकी सुस्मिता तिम्सिना, कोटेश्वरकी सुभेच्छा नेपाल, बाराकी समीक्षा गुप्ता, नवलपरासी पूर्वकी अनु परियार, कञ्चनपुरकी जानकी शाह, कैलालीकी सबिना दाहाल, भारतीय नागरिक एलिना गुरूङ र कञ्चनपुरकी प्रिया विष्ट छन् ।
छापा मारेको कल सेन्टरबाट प्रहरीले ल्यापटपलगायतका विद्युतीय उपकरणहरु बरामद गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4