+
+

‘हीरामण्डी’को सुटिङअघि मनिषा काठमाडौंमा, नेपाली फिल्ममा ‘कमब्याक’बारे सकारात्मक

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते १८:२४

काठमाडौं । सञ्जयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हीरामण्डी’को छायांकन भारतमा सुरु हुने तयारीमा छ । गत साता अभिनेत्री मनिषा कोइरालाले मुहूर्त सट दिएको यो सिरिजमा धमाधम नयाँ कलाकार पनि भित्रिएका छन् ।

नेटफ्लिक्समा अहिलेसम्मकै उच्च लगानीमा बन्न लागेको भनिएको यो हिन्दी सिरिजमा मनिषा मुख्य भूमिकामा देखिंदैछिन् । गत साता उनी अभिनेत्री मुमताज र निर्देशक भन्सालीसँग एउटै तस्वीरमा देखिएकी थिइन् ।

‘हीरामण्डी’को छायांकनअघि मनिषा अहिले काठमाडौंमा आएकी छन् । सोमबार बिहान उनी पशुपतिनाथ पुगेर पूजाअर्चना गरिन् । आमा सुष्मासँग समय बिताउन आइतबार नेपाल आएकी उनी बुधबार मुम्बई फर्कने कार्यक्रम छ । बीचमा केही समय फुर्सदमा देखिएकी मनिषा अहिले नयाँ प्रोजेक्टलाई लिएर व्यस्त छिन् भने उनलाई बलिउडको मूलधारमा ‘कमब्याक’ गर्ने राम्रो अवसर पनि हुनसक्छ ।

आगामी १० फेब्रुअरी २०२३ मा मनिषाको समेत मुख्य भूमिका रहेको कार्तिक आर्यन र कृति सेनन स्टारर फिल्म ‘शाहजादा’ प्रदर्शन हुँदैछ । पछिल्लोपटक राजकुमार हिरानीको ‘सञ्जु’मा देखिएकी मनिषाको नयाँ फिल्म ‘शाहजादा’लाई महत्वपूर्ण रुपमा लिइएको छ ।

यसैबीच, केही नेपाली प्रोडक्सन हाउसले पनि मनिषालाई फिल्मको लागि प्रस्ताव गरिएको बुझिएको छ । उनी निकट स्रोतका अनुसार स्क्रिप्ट तयार भइसकेको, तर लगानीकर्ता सुनिश्चित नभइसकेको उक्त फिल्मको लागि मनिषाले ‘ग्रीन सिग्नल’ दिएकी छन् ।

मनिषालाई प्रशस्तै नेपाली फिल्मको अफर आएको, तर उनले अस्वीकार गरेको स्रोत बताउँछ । यसअघि राजेश हमालसँग फिल्म धर्मा खेलेयता मनिषाको कमब्याकको लागि समय जुरेको छैन । उनले केही वर्षअघि नेपालमा आफ्नै प्रोडक्सन हाउस र सामाजिक संस्था खोल्ने समेत बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?