
काठमाडौं । एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृत (सीओओ) मा सोहम ढकाल नियुक्त भएका छन् । उनलाई एफवान गु्रपको सञ्चालक समितिको बैठकले सीओओमा नियुक्त गरेको हो । २४ वर्ष भन्दा बढी उद्यमीको रुपमा काम गरेको अनुभव उनीसँग छ ।
ढकालले अमेरिकाको ओराकल सर्नर कर्पोरेशनबाट आफ्नो करियर सुरु गरेका थिए । नेपाल फर्केपछि उनी एक सफल उद्यमी बन्न सफल भए । उनले साना किसान सहकारीलाई सफ्टवेयर उपलब्ध गराउनेदेखि विभिन्न किसिमका सफ्टवेयर निर्माण गरे ।
यसअघि भायानेटको प्रमुख सञ्चालन अधिकृतको रुपमा काम गरेको अनुभव उनीसँग छ । उनले कम्प्युटर विज्ञान र गणितमा स्नातक गरेका छन् । एफवान सफ्टमा आवद्ध भएसँगै उनले कम्पनीलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4