
काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामलाई सेलिब्रिटी शक्ति नाप्ने एउटा सूचक पनि मानिन्छ । पछिल्लो समय इन्स्टाग्राम सेलिब्रिटी र दर्शकबीचको अन्तरक्रिया गर्ने महत्वपूर्ण प्लेटफर्म समेत बनेको छ ।
यस्तोमा मंगलबार मध्यान्हसम्म इन्स्टाग्राममा ६ जना नेपाली सेलिब्रिटी धेरै पछ्याइने चर्चित अनुहार बनेका छन् । अभिनेत्री तथा मोडल अदिती बुढाथोकीलाई २१ लाख जनाले पछ्याएका छन् ।
नेटफ्लिक्स फेम्ड कीर्तिमानी आरोही निर्मल पूजा अदितीपछि दोस्रो स्थानमा छन् । डकुमेन्ट्री फिल्म ‘फोर्टिन पिक्स’का यी पात्र तथा आरोहीलाई २० लाखले पछ्याएका छन् ।
श्रृंखला खतिवडा, मनिषा कोइराला, प्रियंका कार्की र स्वस्तिमा खड्कालाई १०/१० लाख जनाले फलो गरेका छन् । अदिती, निर्मल र मनिषालाई नेपालमा मात्र नभएर अन्य मुलुकबाट पनि पछ्याइएको छ ।
हालैको एक बीबीसी विवरणमा किशोर-किशोरीमाझ सामाजिक सञ्जाल इन्स्टाग्राम सबैभन्दा विश्वसनीय समाचार स्रोत घोषित भएको छ । इन्स्टाग्रामले फेसबुक र ट्वीटरलाई पनि चुनौती दिइरहेको उक्त समाचारमा उल्लेख छ ।
प्रतिक्रिया 4