+

मेसीलाई फर्काउन बार्सिलोनाका अध्यक्षसँग जाभीको प्रस्ताव

२०७९ साउन  १० गते १३:१३ २०७९ साउन १० गते १३:१३
मेसीलाई फर्काउन बार्सिलोनाका अध्यक्षसँग जाभीको प्रस्ताव

१० साउन, काठमाडौं । लिओनल मेस्सी र जाभी हर्नान्डेज बार्सिलोनका लेजेण्ड खेलाडी हुन् । कुनै बेला यो जोडी खुबै जमेको थियो । तर अहिले अवस्था फेरिएको छ । जाभी २०१५ मा बार्सिलोना छाडेर कतारी क्लब अल साद गए । त्यहाँ खेले पछि प्रशिक्षक पनि बने । हाल उनी बार्सिलोनाङमै प्रशिक्षक छन् ।

मेसी भने २०२१ मा बार्सिलोना छाडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगे । जहाँ उनले दुई वर्षको सम्झौता गरे । साथै एक वर्षको सम्झौता थप गर्ने विकल्प समेत छ । एक सिजन पेरिसमा बिताइसकेका मेसीको सम्झौता त्यहाँ अझै एक सिजन बाँकी छ । गत सिजन अघि मेसीले बार्सिलोना छाड्दा मेसी मात्र होइन, क्लबका खेलाडी, पदाधिकारीदेखि क्लब समर्थक सबै दु:खी भएका थिए ।

अहिले उनै जाभी मेस्सीलाई बार्सिलोना फर्केको हेर्न चाहन्छन् । उनी मात्र होइन क्लब र समर्थकको पनि त्यो चाहना छ । मेसीको मनको भित्री कुनामा पनि त्यो चाहना छ कि फेरि बार्सिलोनामै फर्केर खेल जीवन सकाउने ।

प्रशिक्षक जाभीले क्लबका अध्यक्ष जोन लापोर्टासामु प्रस्ताव गरेका छन्, ‘जति बेला पीएसजीमा मेस्सीको सम्झौता सकिनेछ त्यसपछि मेसीलाई बार्सिलोना फर्काउनुपर्छ ।’

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आएका समचार अनुसार जाभी र मेस्सीको राम्रो सम्बन्ध छ । जसले गर्दा जाभीले मेस्सीलाई पर्काउने विषयमा क्लबलाई विश्वासमा लिन सक्नेछन् । नयाँ सिजन सकिएपछि अर्को वर्ष मेसीलाई फर्काउने विषयमा अध्ययन गर्न जाभीले लापोर्टालाई भनिसकेको स्पानिस अनलाइन स्पोर्ट्सले उल्लेख गरेको छ ।

पीएसजीमा सम्झौता सकिँदा मेस्सी ३६ वर्षका हुनेछन् । तर मेस्सीको अनुभव खेलमा काम लाग्ने जाभीको बुझाइ छ ।

हाल प्रि सिजन टुरमा अमेरिकामा रहेका प्रशिक्षक जाभीलाई युभेन्ट्ससँगको खेलअघि मेसी फर्कने सम्भावनाको बारेमा सोधिएको थियो । जहाँ उनले भने, ‘उनको सम्झौता बाँकी छ । हामी भविष्यमा हेर्ने छौं । अहिले त्यो समय होइन । अहिले समय आफ्नै खेलाडीको बारे कुरा गर्ने हो ।’

पीएसजीले पनि मेस्सीलाई क्लबमै राख्ने प्रयास गर्न सक्छ । यद्यपी बार्सिलोनाका अध्यक्ष लापोर्टाले मेस्सीले सन्यास लिनुअघि बार्सिलोना फर्कने सक्ने सम्भावनालाई नकारेका छैनन् । ‘बार्सिलोनामा मेस्सीको च्याप्टर  सकिएकोमा मलाई विश्वास छैन,’ लापोर्टाले इएसपीएनसँग भनेका छन्, ‘र म विश्वास गर्छु कि यो अध्याय अझै खुला छ, यो बन्द भएको छैन भनेर सुनिश्चित गर्नु हाम्रो जिम्मेवारी हो ।’

जाभी बार्सिलोना लियोनेल मेस्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय