
१० साउन, काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि करिव ८ करोड मतपत्र छाप्नुपर्ने निर्वाचन आयोगले बताएको छ ।
स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ‘अबको चुनावमा ८ करोड मतपत्र छाप्नुपर्छ । एउटा मतदान केन्द्रमा चार वटा मतपेटिका राख्नुपर्छ । यसअनुसार कर्मचारी पनि चाहिएला ।’
निर्वाचनको मिति तय नभएपनि आयोगले आन्तरिक तयारी थालिसकेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4