
काठमाडौं । नेपाल टेलिकमले २०७८ सालको एसईईको नतिजा तीन प्रकारबाट हेर्न सकिने व्यवस्था मिलाएको छ । कल गरेर (आईभीआर), एसएमएस र वेबसाइट मार्फत एसईईको नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरेको कम्पनीले जनाएको छ ।
कम्पनीकाअनुसार नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिने छ । यस्तै मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा एसईई (SEE) लेखेर एक स्थान (Space) छाडी अल्फाबेट सहितको सिम्बल नम्बर SEE <Space˃ ˂Symbol number with alphabet˃ टाइप गरी १६०० मा एसएमएस पठाउनु पर्नेछ ।
यसैगरी नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने व्यवस्था मिलाएको टेलिकमले जनाएको छ । यसरी उपलब्ध गराएको नतिजा जानकारीको लागि मात्र हुने कम्पनीले बताएको छ । प्रमाणिक विवरण (रेकर्ड) सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा हुनेछ ।
प्रतिक्रिया 4