
११ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा सवारी चालकको लागूऔषध सेवनबारे चेकजाँच सुरु भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबारदेखि विभिन्न प्रकारका सवारी साधनका चालकहरुले लागूऔषध सेवन गरे/नगरेको जाँच गर्न थालेको हो ।
प्राविधिक टोलीसहित टीएचसी किटको प्रयोग गरी चेकजाँच अभियान सुरु गरिएको कार्यालयले जनाएको छ । उक्त अभियान निरन्तर सञ्चा लन गरिने कार्यालय जानकारी दिएको छ ।
कार्यालयका प्रवक्ता वरिष्ठ प्ररही उपरीक्षक राजेन्द्र भट्ट दैनिकजसो कहिले ट्रपर, बस र अन्य सवारीलाई केन्द्रित गरेर नमुनाका रुपमा परीक्षण गर्न थालिएको बताउँछन् । ‘लागू पदार्थ सेवन गरेर पनि सवारी चलाउने गर्दा दुर्घटना बढेको गुनासो धेरै आयो’ भट्टले भने ।
शंकास्पद चालकहरुको पिसाबमार्फत लागूपदार्थ सेवनको जाँच हुने गरेको छ । गाँजादेखि सबै खालका लागू औषधको सेवनलाई जाँचबाट पत्ता लाग्नेछ । ट्राफिक प्रहरीले अहिलेसम्म मादक पदार्थ सेवन (मापसे)को मात्रै जाँच गर्दै आएको थियो ।
प्रतिक्रिया 4