
काठमाडौं । नेपाल बैंक लिमिटेड र एनसेल आजियटाबीच सम्झौता भएको छ । सम्झौतासँगै नेपाल बैंकका ग्राहकले नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा एनसेलले डाटा निःशुल्क उपलब्ध गराउने छ ।
मंगलबार भएको सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्गले हस्ताक्षर गरे ।
नेपाल बैंकले नेपाल टेलिकमको सीम प्रयोग गर्ने ग्राहकहरुलाई यसअघि नै यो सुविधा प्रदान गरिसकेको छ । अबदेखि नेपाल टेलिकम र एनसेल दुबैको नेटवर्क मार्फत नेपाल बैंकका ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा कुनै डाटा शुल्क लाग्ने छैन ।
डिजिटल बैंकिङलाई प्रबद्र्धन गरी ग्राहकहरुलाई नगदरहित कारोबारमा अभ्यस्त बनाउने उद्देश्यले यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।
कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले ग्राहकको सेवासुविधालाई मध्यनजर गरी एनसेलसँग सहकार्य गरिएको बताए ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङ्गले नेपालको पहिलो बैंकसँग व्यावसायिक साझेदारी गर्न पाउँदा खुसी लागेको बताए ।
प्रतिक्रिया 4