
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा संगीत र फिल्मप्रति निकै चाख लिने नेता हुन् । समकालीन विश्व नेतामा पप-कल्चरप्रति चासो राख्ने उनी सरहका नेता कमै छन् ।
बर्सेनि गर्मी (समर) याममा उनी आफ्ना फेभरेट गीत सिफारिस गर्छन् । बिहीबार पनि उनले यो यामका आफूलाई मनपर्ने २२ वटा गीत सिफारिस गरेका छन् । ओबामाको सांगीतिक सूचीमा बियोन्सेदेखि पछिल्ला छिमलका गायक ह्यारी स्टाइलसम्म अटाएका छन् ।
‘बर्सेनि मलाई आफ्ना प्रिय गीत सिफारिस गर्न पाउँदा उत्साहित हुन्छु । तपाईंको प्रत्युत्तरबाट मलाई थाहा हुन्छ कि बर्सेनि कति नयाँ कलाकार आउँछन् भनेर । संगीतले हामीलाई कति नजिक ल्याउँछ भन्ने यो एउटा उदाहरण हो,’ उनी लेख्छन् ।
ओबामको सिफारिसमा अलग स्वादका विश्वचर्चित ट्युनहरु छन् । तपाईं उनको सिफारिसमा यी गीतहरु इन्जोय गर्न सक्नुहुन्छ :
यस्तो छ ओबामाको सिफारिस
१) ब्रेक माइ सोल : बियोन्से
२) भाइब आउट : टेम्स
३) म्युजिक फर अ सुसी रेष्टुरेन्ट : ह्यारी स्टाइल
४) माइटी लभ : द स्पिनर्स
५) फिलिङ अलराइट : जोए कुकर
६) एनर्जी : साम्पा द ग्रेट
७) साओको : रोसालिया
८) स्पिलिट/होल टाइम : लिल याची
९) लेट्स गो क्रेजी : प्रिन्स
१०) द्याट्स होएर आइएम : म्यागी रोजर्स
११) आइ कान्ट गेट नेक्स्ट टु यु : अल ग्रीन
१२) मोर द्यान यू नो : डीआर जोन
१३) ब्लु इन ग्रीन : माइल्स डेभिस
१४) लास्ट लास्ट : बुर्ना ब्वाय
१५) पर्सुएसिभ : दोइची
१६) चेराइज : होप ट्याला
१७) सेभ मी : एर्था फ्रयांकलिन
१८) नोबडी नोज मी : लिली लोभेट
१९) ओजितोस लिन्डोस : ब्यान्ड बनी एन्ड बोम्बा एस्टेरियो
२०) पुल अप : कफी
२१) डान्सिङ इन द डार्क : ब्रुस स्प्रिङन्स्टन
२२) एन्जेलिका : वेट लेग
प्रतिक्रिया 4