
१२ साउन, काठमाडौं । एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाइ २६ साउनदेखि बिक्री खुला हुने भएको छ । एनएमबि बैंक कोष प्रवर्द्धक र एनएमबि म्युचुअल फण्ड अन्तरगतका सञ्चाालन हुने एनएमबि क्यापिटलले जनाएको छ ।
म्युचअल फण्ड प्रति इकाइ मूल्य १० रुपैयाँका दरले १२ करोड इकाइ निष्कासन हुने एनएमबि कयापिटलले जनाएको छ । जसमध्ये १४ प्रतिशत अर्थात १ करोड ६८ लाख एनएमबि बैंक र १ प्रतिशत अर्थात १२ लाख इकाइ कोष व्यवस्थापक एनएमबि क्यापिटलले लगानी गर्ने गरी १ करोड ८० लाख इकाइ बिज पूँजीबापत इकाइ सुरक्षित राखिएको जनाएको छ । बाँकी १० करोड २० लाख इकाइ सर्वसाधारणलाई सार्वजनिक निष्कासन गर्न लागिएको जनाएको छ ।
बन्दमुखी योजना रहेकोले योजनाको अवधि इकाइ बाँडफाँड भएको मितिले १० वर्षको हुनेछ । उक्त सार्वजनिक निष्कासनमा छिटोमा ३१ साउनसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म मागअनुसार आवेदन नपरेमा आवेदन दिने अवधि ९ भदौसम्म थप हुनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड २० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् ।
यस योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया 4