+
+

ओखलढुंगा-सिन्धुली जोड्ने पक्की पुलको निर्माण सम्पन्‍न, स्थानीय खुसी

ओखलढुङ्गा–सिन्धुली जिल्लालाई जोड्ने नवलपुरको पक्की पुलको निर्माण सम्पन्न भएसँगै स्थानीयहरु खुशी भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १३:४०

१२ साउन, ओखलढुंगा । ओखलढुङ्गा–सिन्धुली जिल्लालाई जोड्ने नवलपुरको पक्की पुलको निर्माण सम्पन्न भएसँगै स्थानीयहरु खुशी भएका छन् ।

पुलको सबै काम सम्पन्न भइसकेको र आगामी साउन २० गतेभित्र उद्घाटन गर्ने स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ । करीव २३ करोड लागतमा बनेको पुल दुई सय
मिटर लामो छ ।

पुलमा पाँच वटा स्पानहरू रहेका छन् भने पुलको चौडाई ११ मिटरको छ । दुई वटा ठूला सवारी साधन सहज रुपमा पार गर्न सक्नेछन् ।

निरीक्षणपछि सञ्चारकर्मीहरुसँग बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको पुल सेक्टरका आयोजना प्रमुख केदार नेपालले यो पुल २०७३ सालको असार अन्तिममा शुरु भएको र २०७६ सम्म नै सकिसक्नुपर्ने भए पनि कोरोना महामारीको कारण काम केही ढिला गरी सकिएको बताए ।

उनले पुल सम्पन्न भइसकेको र यातायात सञ्चालनको अन्तिम चरणमा रहेको बताए । उनले पुल निर्माण गर्न कुल २४ करोड रुपैयाँ लागेको बताए । उनले यसले सिन्धुली, रामेछाप र ओखलढुङ्गा जिल्लालाई जोड्ने र यो स्थानको मुहार फेरेको बताए ।

त्यस्तै पूर्व सांसद एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ लगायतका जिल्लामा पहाड–तराई जोड्ने पक्की पुल आफू सांसद हुँदा नभएकोले पूर्वाधार विकासमा पहिलो जोड दिएको बताए ।

उनले यो पुल निर्माणपछि काठमाडौंसँग जोडिन ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङका नागरिकलाई सहज र छिटो हुने बताए । उनले पक्की पुल निर्माणसँगै नजिकका जिलमा पर्यटकीय स्थलको सम्भावना बढ्ने बताए ।

त्यस्तै पुल बनेपछि स्थानीय जनप्रतिनिधि र स्थानीयवासीहरु खुशी भएका छन् । पुल निर्माण नहुँदा डुङ्गाबाट नै आवतजावत हुने गरेको, जसले विभिन्न दुर्घटनाहरु निम्तिने गरेकोले अब यी समस्याबाट छुटकरा मिल्ने स्थानीयहरुको भनाइ छ ।

साथै सामान ओसारपसारका लागि पनि सहज हुने बताए । उनीहरुले किसानको लागि पनि पुलले धेरै सहयोग पुग्ने विश्वास लिएको बताए । किसानले उत्पादन गरेका खाद्यसामग्रीको बजारीकरणमा यसले महत्वपूर्ण भुमिका खेल्ने बताए ।

पुलले ओखलढुंगाका जनताको कृषिसहित अन्य विभिन्न आवश्यक्तालाई सहज बनाइदिएको छ । सिन्धुली जिल्लाबाट ओखलढुङ्गाको लिखु गाउँपालिका जोड्ने यो पुल सञ्चालनमा आएबित्तिकै सोलुखुम्बु र रामेछापको पूर्वी भेगलाई आवत–जावतमा सहज हुनेछ ।

सुनकोशी नदीमाथिको नवलपुरको पुलले काठमाडौंसँग ओखलढुङ्गालाई जोड्ने निकै छोटो बाटो हुनेछ ।

बुधवार नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सांसद रामहरि खतिवडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको पुल सेक्टरका आयोजना प्रमुखसहितको स्थानीय जनप्रतिनिधिहरुले पक्कीपुलको निरीक्षण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?