
काठमाडौं । बेलायती सेनामा कार्यरत गोर्खा सैनिकको वीरताको कथावस्तमा आधारित फिल्म ‘गोर्खा’ नेपालअघि बेलायतमा प्रदर्शन हुने भएको छ ।
अंग्रेजी नाम ‘बिनिथ द ब्रेभरी’ राखिएको फिल्म शुक्रबारदेखि बेलायतका विभिन्न सहरमा रिलिज हुन लागेको हो । नेपालमा चाहिँ भदौ २४ गतेदेखि प्रदर्शन तयारी छ ।
प्रथम भिक्टोरिया क्रस बिजेता कुलवीर थापाको जीवनमाथि बनेको फिल्मलाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । सेप्टेम्बरदेखि फकल्यान्ड टापुमा पनि प्रदर्शन हुने निश्चित भएको छ ।
फिल्मले उठाएको ऐतिहासिक कथावस्तुका कारण बीएफबीएस फिल्म हलमा पनि प्रदर्शन हुने भएको छ । फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ ।
शाही प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा छन् । निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन् । नेपाल प्रदर्शनभन्दा अगाडि फिल्मको अमेरिका, ब्रुनाई, सिंगापुर र अष्ट्रेलियामा प्रदर्शन हुनेछ ।
प्रतिक्रिया 4