
काठमाडौं । क्रिस्टोफर नोलन निर्देशित बहुप्रतीक्षित हलिउड फिल्म ‘ओपेनहेइमर’को आधिकारिक टिजर रिलिज भएको छ ।
परमाणु बम आविष्कारकमध्येका एक जो रोबर्ट ओपेनहेइमरमाथि बनेको फिल्ममा सिलियन मर्फीले शीर्ष भूमिकामा अभिनय गरेका छन् । हलिउड स्टुडियो युनिभर्सलले गएराति टिजर सार्वजनिक गरेको हो ।
घडीको टिकटिक आवाजसँगै भिडियोमा ठूलो विस्फोटका दृश्य देखिन्छन् । त्यसपछि धेरै पात्रको आवाज सुनिन्छ ।
‘संसार परिवर्तन हुँदैछ । सुधार हुँदैछ । यो तपाईंको क्षण हो,’ यो आवाजसँगै टिजर सुरु हुन्छ । अनि मर्फीको पात्र झ्यालको अगाडि उभिएर टोपी मिलाउँदै हलमा हिंडिरहेको दृश्य देखाइएको छ ।
अर्को एक पात्र बोल्छ, ‘तपाईंले उनीहरुलाई आफूलाई नष्ट गर्ने शक्ति दिनुभयो । उहाँलाई अहिलेसम्म बाँचेको सबैभन्दा महत्वपूर्ण व्यक्ति बनाउनुभयो ।’
फिल्म ‘ओपेनहेइमर’ सन् २०२३ को जुलाई २१ मा प्रदर्शन हुँदैछ । यो फिल्मलाई वार्नर ब्रोजले निर्माणपछि थन्काएर राखेको थियो र स्वामित्वको मुद्दा जितेपछि युनिभर्सलले यसलाई प्रदर्शन गर्न लागेको हो ।
फिल्ममा केनेथ ब्राग, माइकल अंगारानो, रोबर्ट डाउने जुनियर, जुनियर म्याट डोमन, एमिली ब्लन्ट लगायतको अभिनय छ । दोस्रो विश्वयुद्धको क्रममा ओपेनहेइमरले आणविक बम विकास गर्न मद्दत गरेपछि संयुक्त राज्य अमेरिकाप्रतिको उनको बफादारीलाई सरकारी अधिकारीहरुले प्रश्न गरेका थिए ।
यो फिल्म सन् २००५ मा पुलित्जर पुरस्कार विजेता पुस्तक ‘अमेरिकन प्रोमेथस : द ट्रिम्फ एण्ड ट्रयाजेडी अफ जुनियर रोबर्ट ओपेनहेइमर’मा आधारित छ ।
प्रतिक्रिया 4