
सेतो मच्छिन्द्रनाथ रथ यात्रा हुने बाटोमा राखिएको कंक्रिट संरचना
१३ साउन, काठमाडौं । सेतो मच्छिन्द्रनाथ रथ यात्रा हुने बाटोमा राखिएको अग्लो कंक्रिट संरचना हटाइएको छ । रानीपोखरीस्थित प्रहरी कार्यालयको भवन र आकाशेपुलको बीच भागमा रहेको बाटोको बीचमै पोल राख्ने गरी बनाइएको कंक्रिट संरचना स्थानीयवासीको विरोधपछि हटाइएको हो ।
यो कंक्रिट संरचना उपत्यका विकास प्राधिरकणले आधुनिक र ठूलो बत्ती राख्ने गरी बनाएको थियो । काठमाडौं महानगरले पत्र काटेर समन्वय नगरी बनाइएको संरचना हटाउन आग्रह गरेको थियो ।
सेतो मच्छिन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले रथ यात्रा अवरुद्ध हुने र अन्य यात्रुहरुलाई समेत असर पर्ने गरी बनाइएको संरचना हटाउन माग गरेको थियो ।
रथ यात्रा नै रोकिने अवस्था आए संघर्ष गर्ने चेतावनी पछि प्राधिकरणले संरचना हटाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4