
१३ साउन, काठमाडौं । द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् ।
सुरक्षाकर्मी तर्फका पीडितलाई बेपत्ता पारिएको व्यक्तिको छानबिन पनि सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत नै सम्बोधन हुने हो भने संशोधनको लागि पेश गरिएको मस्यौदा विधेयक २०७९ मा संशोधन गर्नु पर्ने माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्थाका अध्यक्ष हेमकुमारी घर्तीले नेपालमा २ हजार ८३५ शहीद परिवारको तर्फबाट ऐन संशोधनको लागि माग गरिएको बताइन् ।
बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत नै सम्बोधन हुने भएमा ऐन संशोधनको लागि पेश गरिएको मस्यौदा विधेयक २०७९’ २५(क)मा नीतिगत सिफारिस गर्नसक्ने व्यवस्था रहेकोमा पीडित परिवारको परिपूरणको लागि सिफारिस गर्ने व्यववस्था हुनुपर्ने उनीहरुको माग छ ।
यस्तै मस्यौदाको २५(ख)को ९ नम्बर बुँदामा रहेको अन्तराष्ट्रिय मानव अधिकार वा मानवीय कानुन विपरीत गरिएको जुनसुकै किसिमको अमानवीय कार्य वा मानवताविरुद्धको अन्य अपराध रहेको छ ।
उक्त बुँदामा सुरक्षाकर्मी भन्ने चिन्नासाथ कब्जामा लिई वा नलिई वा ड्युटीमा रहेको, ब्यारेकमा रहेको अवस्थामा मार्ने र हतियार कब्जा गर्ने उद्देश्यले सुरक्षा अंगका संरचना माथि झुक्याएर दिन वा रातमा गरेको सशस्त्र हमलाको घटनालाई पनि यो परिभाषा समेट्नुपर्ने उनीहरुले माग गरेका छन् ।
प्रतिक्रिया 4