
१३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । पाँचदलीय गठबन्धनमा रहेका विचार मिल्ने दलहरुबीच चुनावी मोर्चा बनाउन भने आफूहरु सम्वादमा रहेको उनले बताए ।
पार्टीसम्वद्ध पत्रकारहरुको संस्था नेपाल प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन । त्यसरी छलफल भएको होइन, छैन ।’
चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति बनाएर एउटै घोषणापत्रमा जान सकिन्छ कि भनेर आफूहरुबीच छलफल भने भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4