+

सिटीलाई हराएर लिभरपुलले जित्यो कम्युनिटी शिल्ड उपाधि

२०७९ साउन  १५ गते १६:४६ २०७९ साउन १५ गते १६:४६
सिटीलाई हराएर लिभरपुलले जित्यो कम्युनिटी शिल्ड उपाधि

१५ साउन, काठमाडौं । प्रिमियर लिग विजेता म्यानचेष्टर सिटीलाई ३-१ ले हराउँदै लिभरपुलले कम्युनिटी शिल्डको उपाधि जितेको छ । नयाँ सिजनको लिग सुरु हुनुअघि दुई उपाधि दाबेदारबीचको यो खेलमा लिभरपुलले बाजी मार्दै लिगका लागि तयारी रहेको संकेत देखाएको छ ।

अघिल्लो सिजनको लिग विजेता र एफए कप विजेताबीच नयाँ सिजन अघि कम्युनिटी शिल्ड खेल हुने गर्छ ।

शनिवार राती भएको फाइनलमा लिभरपुललाई उपाधि दिलाउन ट्रेण्ड एलेक्सान्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन नुनेजले गोल गरे । सिटीका लागि जुलियन अल्भारेजले सान्त्वना गोल फर्काए ।

लेस्टरको घरेलु मैदान किंग पावर स्टेडियममा भएको खेलको २१ औं मिनेटमा आर्नोल्डले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा पछि परेको सिटीका लागि ७० औं मिनेटमा अल्भारेजले बराबरी गोल फर्काए । तर त्यसपछि लिभरपुलले दुई गोल थप्यो । सलाहले ८३औं मिनेटमा पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए । इन्जुरी टाइममा नयाँ अनुबन्ध भएका नुनेजले गोल गर्दै लिभरपुलाई ३-१ को जित दिलाए ।

यस खेलमा सिटीका एर्लिङ हालान्ड र लिभरपुलका नुनेजमाथि सबैको नजर थियो । दुवै नयाँ अनुबन्ध भएका खेलाडी हुन् । तर नुनेजले गोल गर्दै लिभरपुललाई उपाधि जिताउँदा हालान्डले भने गोलका लागि संघर्ष गर्नुपर्‍यो ।

लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय