+

साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भुटानसँग खेल्ने

२०७९ साउन  १५ गते २०:३८ २०७९ साउन १५ गते २०:३८
साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भुटानसँग खेल्ने

१५ साउन, काठमाडौं । आगामी भदौ २१ देखि असोज ३ गतेसम्म नेपालमा आयोजना हुने साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली नेपालले भुटानसँग खेल्ने भएको छ ।

दक्षिण एसियाली फुटबल फेडेरेसनले साफले आइतबार खेलतालिका र समय सार्वजनिक गरेको हो । जस अनुसार समूह बीमा रहेको नेपाल र भुटानबीचको खेल बेलुका साढे ५ बजे सुरु हुनेछ । खेल दशरथ रंगशालमा हुनेछ ।

यस्तै समूहको दोस्रो खेलमा नेपालले श्रीलंकासँग भदौ २७ गते खेल्नेछ । नेपाल रहेको समूहमा तीन टोली मात्र छन् ।

नेपालले साफ च्याम्पियनसिपका लागि तयारी सुरु गरिसकेको छ । मुख्य प्रशिक्षक कुमार थापाले ५८ खेलाडी बोलाएर प्रशिक्षण गराइरहेका छन् । समूह ए मा साविक विजेता भारतसहित बंगलादेश, पाकिस्तान र श्रीलंका छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

नेपाली फुटबल महिला फुटबल साफ फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय