
१५ साउन, काठमाडौं । निर्वाचन आयोगले वामदेव गौतमको नेतृत्वमा पार्टी ‘नेकपा एकता राष्ट्रिय अभियान पार्टी’लाई मान्यता दिएको छ ।
गौतमको नेतृत्वमा दल दर्ताका लागि साउन ३ गते आयोगमा निवेदन परेको थियो र ९ साउनमा सनाखत भएको थियो । आयोगले १२ साउनमा गौतम नेतृत्वको पार्टीलाई मान्यता दिने निर्णय गरेको थियो ।
आइतबार आयोग पुगेर नेकपा एकता राष्ट्रिय अभियान पार्टीले दल दर्ताको प्रमाणपत्र लिएको हो । यो पार्टीको चुनाव चिह्न अर्ध गोलाकारभित्र तीन वटा धानको झुलेको बाला रहेको छ ।
नेकपा एकता राष्ट्रिय अभियानका प्रवक्ता निमकान्त पाण्डेका अनुसार निर्वाचन आयोगमा २५ सदस्यीय केन्द्रीय समितिको नाम बुझाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4