
१६ साउन, काठमाडौं । तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली, पदमसालमा एकै घरमा मृत भेटिएका ४ जनाको शव उठाउन ढिलाइ भएको छ ।
मृत भेटिएका सुनिता काप्री पाण्डेको माइती पक्षले घटनाको अनुसन्धानको माग गर्दै शव उठाउन अवरोध गरेको प्रहरीले बताएको छ ।
उनीहरुले पति दिनेश र सुनिताबीच विवाद रहेको र दिनेशले सम्बन्धबिच्छेद गर्न चाहेको बताएका छन् । तर सुनिताले अस्वीकार गरेकी थिइन् । पछिल्लो समय सुनिता बेलायत जाने तयारी गरेपछि परिवारमा विवाद बढेको थियो ।
सोमबार विहान दिनेश, सुनितासँगै उनीहरुको छोरा आशिक र आशिका पनि मृत भेटिएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले दिनेशले पत्नी, छोरा र छोरीको हत्या गरेर आफूले आत्महत्या गरेका हुन् ।
घटनाबारे जानकारी पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विज्ञको टोली घटनास्थल पुगेको थियो । फरेन्सिक विज्ञले पनि मृतकहरुमा धारिलो हतियार प्रहार भएको देखिएको पुष्टि गरेको छ ।
प्रतिक्रिया 4