
१६ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन रोक्न चलखेल सुरु भएको आरोप लगाएका छन् ।
हेटौंडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति बानियाँले संघीय व्यवस्था कमजोर बनाउन चलखेल सुरु भइसकेको बताए । उनले भने, ‘ मंसिरमा निर्वाचन प्रभावित बनाउन देश बाहिर र भित्रका षडयन्त्रकारी तत्वहरु देश लागिपरेका छन् । ‘
शासन व्यवस्था असफल बनाउन लाग्नेहरुलाई सफल हुन नदिन पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचन समयमा नै हुनुपर्ने उनको भनाइ छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचन आउँदो मंशिर पहिलो साता हुनुपर्ने भन्दै उनले सरकारले यस बारेमा छिट्टै निर्णय गर्नुपर्ने बताए ।
विभिन्न आशंकाबीच स्थानीय तह निर्वाचन समयमा नै सम्पन्न भएको भन्दै उनले प्रदेश र प्रतिनिधिसभा निर्वाचन पनि समयमा नै गर्नुपर्ने बताए ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई समयमा निर्वाचन गरेर देशलाई स्थायित्व प्रदान गर्ने अवसर भएको भन्दै यो अवसरबाट नचुक्न आग्रह गरे ।
प्रतिक्रिया 4