
१७ साउन, काठमाडौं । भारतमा भइरहेको साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा नेपालले अहिले बंगलादेशसँग खेलिरहेको छ ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । फाइनल पुग्नका लागि नेपालले बंगलादेश विरुद्धको खेल जित्नुपर्नेछ ।
पहिलो हाफमा नेपालले गोल गर्ने केही राम्रो अवसर पाए पनि सफल हुन सकेन । खेलको १५ औं मिनेटमा कप्तान आयुष घलानले बक्स भित्रबाट प्रहार गरेको बल बंगलादेशी डिफेण्डरलाई लाग्दै बाहिरिएको थियो ।
३३ औं मिनेटमा दिपशे गुरुङले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको फ्रिकिक बंगलादेशी गोलकिपर मोहम्मद आसिफले पञ्च गर्दै बचाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4