
काठमाडौं । गोल्डेन ओक ब्लेन्डेड माल्टले ‘गोल्डेन ओक कमेडी यात्रा’ सञ्चालन गर्ने भएको छ ।
नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने तयारीका साथ देशका विभिन्न सहरहरुमा गोल्डेन ओक कमेडी यात्रा सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।
गोल्डेन ओकले आयोजना गर्ने यस कमेडी यात्रामा जितु नेपाल, सुरेन्द्र केसी, मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजाल लगायतका ख्यातिप्राप्त कलाकारहरुको सहभागिता रहने कम्पनीले जनाएको छ ।
गोल्डेन ओकको यो कमेडी यात्रा २० साउनमा विर्तामोडमा, २१ साउनमा दमकमा, २२ साउनमा इटहरीमा, २३ साउनमा विराटनगरमा र २४ साउनमा धरानमा आयोजना हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4