
१७ साउन, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेक्काको लागि दिएको काउन्टर ग्यारेन्टी वापतको रकम बैंक अफ काठमाण्डू र हिमालयन बैंकले पाउने भएका छन् । १० वर्षपछि हिमालयन बैंक र बैंक अफ काठमाण्डूले चीनमा मुद्दा जितेसँगै उक्त रकम फिर्ता पाउने उक्त मुद्दा लडेका कानुन व्यवसायी डा. गान्धी पण्डितले जानकारी दिए ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने जिम्मा पाएको चीनको चाइना रेल्वेले कम्पनीको ग्यारेन्टी चीनको चाइना कन्सट्रक्सन बैंकले दिएको थियो भने त्यसको काउन्टर ग्यारेन्टी नेपालका हिमालयन बैंक र बैंक आफ काठमण्डुले दिएका थिए ।
चाइना रेल्वेले सम्झौताअनुसार मेलम्ची खानेपानी आयोजनाको काम गर्न नसकेपछि त्यसको ठेक्का रद्द भएको थियो । मेलम्ची खानेपानी आयोजनाले ग्यारेन्टीवापतको रकम नेपाली बैंकबाट लिएको तियो । तर, काउन्टर ग्यारेन्टी वापत चिनियाँ बैंक चाइना कन्सट्रक्सन बैंकले दिनुपर्ने रकम नदिएपछि दुबै बैंक कानुनी प्रक्रियामा गएका थिए ।
सन् २००९ मा मेलम्ची खानेपानी आयोजना र चिनियाँ निमार्ण कम्पनी चाइना रेल्वे बीच २००९ मा ठेक्का सम्झौता भएको थियो । तर, उक्त सम्झौता २०१२ मा आएर तोडिएको थियो ।
ठेक्का तोडिएसँगै मेलम्ची खानेपानी आयोजनले बैंक ग्यारेन्टीबापतको रकम हिमालयन र बैंक अफ काठमाण्डुबाट लिएको थियो । तर, काउन्टर ग्यारेन्टी दिएको दुबै बैंकलाई ठेकेदार कम्पनीको ग्यारेन्टी बसेको चिनियाँ बैंक कम्पनीले काउन्टर ग्यारेन्टी वापतको रकम भुक्तानी नगरेपछि बैंकहरुल अदालती प्रक्रियामा गएका थिए ।
गत शुक्रबारको फैसलाअनुसार अब नेपाली बैंकले काउन्ट ग्यारेन्टी वापतको पैसा फिर्ता पाउने बैंकको तर्फबाट उक्त मुद्दा लगेको कानुन व्यवसायी डा. गान्धी पण्डितले बताए । अब चिनियाँ बैंकले अपील गर्न नपाउने गरी मुद्दा जितेको उनले बताए ।
दुई वर्षअघि पनि दुवै बैंकले मुद्दा जितेका थिए । तर त्यसबेला मुद्दा हारेको चिनियाँ बैंकलाई माथिल्लो अदालतमा जाने बाटो बाँकी थियो । तर, अब माथिल्लो अदालतमा पनि नेपाली बैंकले मद्दा जितेपछि चाइना कन्स्ट्रक्सन बैंकले दुवै बैंकको पैसा फिर्ता गर्नुपर्ने भएका छ ।
रकम फिर्ताका लागि दुवै बैंकले चीनको अदालतले खबर गरेका छन् । मेलम्ची खानेपानीको काउन्टर ग्यारेन्टीको रकम भुक्तानी हुने भएपछि बैंक अफ काठमाण्डूले ६६.२५ करिब १ अर्ब नेपाली रुपैयाँ र हिमालयन बैंकले पनि ७० करोड रुपैयाँ फिर्ता पाउने छ ।
दुई वर्ष अगाडि नै चीनमा तल्लो तहबाट नै काउन्टर ग्यारेन्टीवापतको रकम पाउने गरी मुद्दा जितेको कानुन व्यवसायी पण्डितले बताए । अब माथिल्लो अदालतबाट पनि मुद्धा जितेसँगै उक्त पैसलामा अपील गर्ने ठाउँ बाँकी नरहेकोले नेपाली बैंकले पैसा फिर्ता पाउने उनले बताए ।
यी दुवै बैंकले चैत ०६५ मा मेलम्ची आयोजनामा काम गर्न ठेक्का पाएको चिनियाँ ठेकदारका लागि काउन्टर ग्यारेन्टी बसेका थिए ।
चाइना रेल्वे १५ ब्युरोले चाइना कन्स्ट्रक्सन बैंक कर्पोरेसनबाट मेलम्ची खानेपानी आयोजनाको पर्फर्मेन्स ग्यारेन्टीको काउन्टर ल्याएको थियो । तर, सुरुङमार्ग निर्माणमा ढिलाइ भएको भन्दै सरकारले ०६९ असोज ९ मा चाइना रेल्वेसँग ठेक्का तोड्यो । त्यसपछि अदालतबाट मुद्दा जितेरै ०७२ जेठ १ मा दुबई बैंकमा चिनियाँ कम्पनीले राखेको जमानत जफत गर्यो ।
बैंक अफ काठमान्डूबाट १४ लाख युरो र ६६ लाख अमेरिकन डलर (करिब ८४ करोड रुपैयाँ) तथा हिमालयन बैंकबाट ६६ लाख डलर -करिब ६६ करोड रुपैयाँ) पर्फमेन्स ग्यारेन्टी जफत भयो । तर, चीनको चाइना कन्स्ट्रक्सन बैंक कर्पोरेसनले काउन्टर ग्यारेन्टीबापत दुवै बैंकलाई अहिलेसम्म रकम भुक्तानी गरेको छैन । यो ग्यारेन्टीको भुक्तानीको मुद्दा पनि चीनका विभिन्न तहमा प्रक्रियाहरुमा अल्भिmएको छ ।
ग्यारेन्टी जफत भएपछि चाइना रेल्वे १५ ले समेत छलपूर्वक भुक्तानी दिएको भन्दै चीनको तल्लो तहको अदालत झेङजु इन्टरमिडियट पिपल्स कोर्टमा मुद्दा दायर गरेको थियो । तल्लो अदालत पनि चिनियाँ कम्पनीकै पक्षमा उभिएको थियो ।
त्यसपछि हिमालय र बैंक अफ काठमान्डूले चीनको हेनानको प्रान्तीय पिपल्स कोर्टमा तल्लो तहको फैसलाको विरुद्धमा पुनरावेदन मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया 4