+
+

फिल्म प्रवर्द्धन कविता : पहिलो हुनेलाई ‘प्रकाश’ले एक लाख दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १८ गते १२:२०

काठमाडौं । प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’ले दर्शकमाझ कविता प्रतियोगिता गर्ने भएको छ । उसले शिक्षकको महत्वबारे कविता लेखेर पठाउन आह्वान गरेको छ । १२ वर्षदेखि १८ वर्षसम्मका विद्यार्थीले प्रतिस्पर्धामा भाग लिन पाउने भएका छन् ।

पहिलो हुनेले एक लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् भने दोस्रो हुनेलाई ५० हजार प्रदान गरिनेछ । नेपाली र अंग्रेजी दुवै भाषालाई मान्यता दिइएको कविताको लम्बाइ एकदेखि साढे एक मिनेटसम्मको हुनुपर्ने सर्त छ ।

सहभागीले कविताको भिडियो बनाएर पठाउन सक्नेछन् । साउन २० गतेदेखि सुरु हुने प्रतिस्पर्धा भदौ २० गतेसम्म चल्नेछ । प्रचार अभियानअन्तर्गत प्रकाशले कविता प्रतियोगिता गर्न लागेको हो । कमै फिल्मले व्यावसायिक अभियानअन्तर्गत साहित्यिक गतिविधि आयोजना गर्छन् ।

भदौ १० गते प्रदर्शन तयारीमा रहेको फिल्मको मुख्य पात्र प्रकाशको लक्ष्य पनि शिक्षक बनेर परिवार र आफ्नो सपना पूरा गर्ने हुन्छ । मुख्य पात्रको थिममा आधारित रहेर शिक्षकको विषयमाथि कविता प्रतिस्पर्धा गर्न लागिएको निर्माता महेन्द्र अधिकारीले बताए ।

दिनेश राउत निर्देशित सोसल ड्रामा फिल्म ‘प्रकाश’मा प्रदीपसहित दीया मास्के र रेणु योगीको मुख्य भूमिका छ ।

विकास सुवेदीको लेखन रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दीपक शर्मा, ताराप्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?