
काठमाडौं । हलिउड अभिनेत्री जेनिफर कुलिजले सन् १९९९ मा रिलिज भएको फिल्म ‘अमेरिकन पाई’ गर्दा आफूले २०० जना पुरुषसँग सुत्नुपरेको खुलासा गरेकी छन् ।
भेराइटी म्यागजिनले बिहीबार अभिनेत्री कुलिजमाथि एउटा लामो स्टोरी कभरेज गरेको छ जहाँ उनले यस्तो ‘कन्फेस्ड’ गरेकी हुन् । उनी ‘लिगल्ली ब्लोन्ड र ह्वाइट लोटस’ फिल्मले पनि चर्चित छन् ।
तर ६० वर्षीया अभिनेत्रीले आफूलाई ‘अमेरिकन पाई’बाट प्रसिद्धिभन्दा सन्तुष्टि मिलेको बताइन् । ‘मिल्फ चरित्रको रुपमा मैले अमेरिकन पाईमा धेरै यौन कार्यका भूमिकाहरु गरें । जसको लागि मैले २०० मानिससँग सुतें,’ उनले भनिन् ।
तर हालैको फिल्म ‘ह्वाइट लोटस’ले अभिनेत्री कुलिजलाई एमी अवार्डको मनोनयन दिलायो । दोस्रो सिजनमा उनले बिना अडिसन मुख्य भूमिका निर्वाह गर्ने मौका पाएकी छन् ।
‘मैले मेरो जीवनमा साँच्चिकै एउटा कुरा सही गरेकी छु,’ उनले भनिन्, ‘मैले राम्रा साथीहरु छानेकी छु ।
कुलिजले भेराइटीसँग गरेको यस्तो खुलासालाई बिहीबार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रमुखतासँग प्रकाशन, प्रसारण गरेका छन् ।
प्रतिक्रिया 4