
काठमाडौं । बलिउड अभिनेता आमिर खान लामो समयपछि फिल्म ‘लाल सिंह चड्ढा’ लिएर दर्शकमाझ आउँदैछन् । आगामी ११ अगस्टमा रिलिज हुन गइरहेको फिल्मलाई लिएर दर्शकमा जति पर्खाइ छ, त्यति नै सामाजिक सञ्जालमा बहिष्कारको मुद्दा पनि चलिरहेको छ ।
खासगरी आमिरको अघिल्लो अभिव्यक्तिलाई लिएर केही व्यक्ति उनीविरुद्ध खनिएका हुन् । यसैबीच, अभिनेत्री कंगना रनावतले पनि यो विषयमा मुख खोलेकी छन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट गर्दै उनले ‘लाल सिंह चड्ढा’ विवादको मास्टरमाइन्ड आमिर खान नै भएको आरोप लगाएकी छन् ।
कंगनाले लेखेकी छन्, ‘मलाई लाग्छ कि लाल सिंह चड्ढा’लाई लिएर जुन नेगेटिभिटी छाइरहेको छ, यो सुरुवात गर्न पूरै तरिकाले मास्टरमाइन्ड आमिर खान जिम्मेवार छन् ।’
कंगनाले यसबाहेक फिल्मको व्यापारलाई लिएर पनि तर्क गरेकी छन् । उनले भनेकी छन्, ‘यो वर्ष केही कमेडी सिक्वेलका अलावा कुनै पनि हिन्दी फिल्म चलेनन् । केही दक्षिण भारतीय फिल्म चले, जुन भारतीय संस्कृतिसँग गहिरो गरी जोडिएका थिए, तिनमा स्थानीयपन थियो । अब एक हलिउड रिमेकी शायद चल्नेछ…. तर यसले भारतलाई अहिष्णु बनाउनेछ ।’
कंगनाले ‘लाल सिंह चड्ढा’प्रति कटाक्ष गर्दै हलिउड फिल्म फरेस्ट गम्पको यो रिमेकले भारतलाई अहिष्णु बनाउने आरोप लगाएकी छन् ।
अद्वेत चन्दन निर्देशित फिल्ममा करिना कपुर, नागा चैतन्य र मोना सिंहको मुख्य भूमिका रहेको छ ।
प्रतिक्रिया 4