
काठमाडौं । लागूऔषध दुर्व्यसन विरुद्धको कथावस्तुमा आधारित फिल्म ‘सरी मम’को प्रदर्शनमा नेपाल जेसिजले सघाउने भएको छ । जेसिजका १७४ वटै शाखाले लागूऔषध विरुद्धको अभियानको रुपमा फिल्मलाई प्रचार गर्ने सम्झौता भएको छ ।
सामाजिक कथावस्तुमा निर्माण गरिएको फिल्मले लागूऔषधको कुलतको विषयमा जनचेतना जगाउन भूमिका खेल्ने निर्माण टिमको विश्वास छ ।
जेसिजसँगको सहकार्यमा लागूऔषध अभियानका दौरान फिल्म सातै प्रदशेमा प्रदर्शन गर्ने समेत जनाइएको छ ।
नवीन बोगटीको निर्देशन रहेको ‘सरी मम’मा सरोज खनाल, सरिता लामिछाने, विजय लामा, एलिस राई, रेजिना मगर लगायतको अभिनय रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4