+
+

ग्लोबल आईएमई बैंककोले सुरु गर्‍यो ‘छात्रालाई छात्रवृत्ति’ कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १६:३१

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको छ ।

बैंकको ‘ग्लोबल आईएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम अन्तर्गत यस वर्ष बैंकले विभिन्न सामुदायिक विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्नवर्गका ३५ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

छात्रवृत्ति पाएका छात्राहरुलाई कक्षा १२ सम्मको अध्ययनका लागि बैंकले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्नेछ ।

महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि हुनुका साथै आर्थिक रुपमा सबल बनाउ सहयोग पुग्ने विश्वासका साथ यो कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

यो कार्यक्रमले आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्राहरुलाई न्यूनतम् विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।

छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिंदै बैंकले सातै प्रदेश समेट्ने गरी हरेक वर्ष ३५ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्दै जाने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?