+
+

प्रधानमन्त्रीको जलवायु परिवर्तन सल्लाहकारमा डा.माधव कार्की नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १६:५८

१९ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको जलवायु परिवर्तनसम्बन्धी सल्लाहकारमा डा. माधव कार्की नियुक्त भएका छन् ।

कार्कीलाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।

सिन्धुलीको मजुवास्थित नागिलेकमा जन्मिएका कार्की प्राकृतिक स्रोत तथा जलवायु विशेषज्ञ हुन् । कृषि आयोजना सेवा केन्द्रमा अनुभव लिएका उनी नेपालका
६० वटा जिल्ला घुमेका छन् ।

पोखरामा वन विज्ञान क्याम्पसको संस्थापक क्याम्पस प्रमुखका रूपमा १३ वर्ष अनुभव बटुलेका कार्कीले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आईडीआरसी, आईएनबीआर, इसिमोड, आइसेटमा काम गरिसकेका छन् । ५० देश घुमेका कार्की हाल आईयूसीएनका दक्षिण एसिया क्षेत्रीय प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?