
१९ साउन, काठमाडौं । नेपाल एयरलाइन्सको विमानमार्फत दुबईबाट काठमाडौं आएका दुईजना व्यक्ति चारवटा औंठीसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङका विवेक तिम्सिना र काठमाडौं दक्षिणकालीका साजन श्रेष्ठ छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार तिम्सिना र श्रेष्ठले ८०÷८० ग्राम सुनको औंठी काठमाडौं ल्याएका थिए ।
विमानस्थल प्रहरीले घटनाबारे जानकारी दिन जारी गरेको प्रेस विज्ञप्तिमा दुई जनाको गतिविधि ‘शंकास्पद’ देखिएकाले आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको भनिएको छ ।
उनीहरुले अवैधरुपमा लुकाइ छिपाइ भन्सार छलेर औंठी लान लागेको भन्दै प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भनसार कार्यालय, गौचरमा बुझाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4