
काठमाडौं । गायिका रेखा शाहले तीज गीत ‘छमछम पातली कम्मर’ सार्वजनिक गरेकी छन् ।
बिहीबार आफ्नै युट्युब च्यानलमा रिलिज गरेको गीतमा टेकेन्द्र नेपाली शब्द तथा संगीत रहेको छ । गीतलाई पुष्कर खत्रीले एरेन्ज गरेका छन् । रमाइलो शैलीको गीतको भिडियोमा अभिनेत्री नीता ढुंगाना र गायिका रेखा स्वयं फिचर्ड छन् । भिडियोकी निर्देशक स्मृति तिमिल्सिना हुन् ।
रुपेश थापाले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4