
२० साउन, काठमाडौं । क्यानडा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोको बाह्रबिसे नगरपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-६ बस्ने ४७ वर्षीया छरिङ डोमा शेर्पा रहेकी छिन् ।
शेर्पाले रत्नबहादुर तामाङलाई वर्किङ भिसामा क्यानडा पठाइदिने भन्दे ७ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको दाबी छ ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको अत्तरखेलबाट पक्राउ गरेको छ ।
पक्राउ परेका शेर्पामाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4