+

बार्सिलोनमा लेवान्डोस्कीलाई ९ नम्बर जर्सी

२०७९ साउन  २० गते १७:१४ २०७९ साउन २० गते १७:१४
बार्सिलोनमा लेवान्डोस्कीलाई ९ नम्बर जर्सी

२० साउन, काठमाडौं । बार्सिलोनाले फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई ९ नम्बर जर्सी दिएको छ । यसअघि मेम्पिस डिपाएले बार्सिलोनामा ९ नम्बरको जर्सी लगाएका थिए ।

तर यसै समरमा जर्मन क्लब बायर्न म्युनिखबाट बार्सिलोना आएका लेवान्डोस्कीलाई क्लबले शुक्रबार नोउ क्याम्पमा प्रिजेन्टेसन गर्दै ९ नम्बर जर्सी प्रदान गरेको हो । ‘गुड मर्निङ कुलर्स,’ लेवान्डवस्कीले सुरुमा दर्शकको अगाडि भने, ‘म यहाँ आउन पाउँदा खुशी छु धन्यवाद ।’

लेवान्डोस्कीले ९ नम्बर जर्सी लगाउने भएपछि डिपाएले क्लब छाड्ने संकेत समेत देखिएको छ । बार्सिलोनाले पनि डिपाएलाई अन्य क्लबमा पठाउन चाहेको छ ।

अमेरिकामा प्रि सिजन टुरमा लेवान्डोस्कीले १२ नम्बर जर्सी लगाएका थिए । तर नोउ क्याम्पमा प्रिजेन्टेसनमा भने लेवान्डोस्की ९ नम्बर जर्सी लगाएर देखिएका थिए ।

बार्सिलोना रोबर्टो लेभान्डोस्की
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय