
१९ साउन, विराटनगर । युरेनियमको आशंकामा नियन्त्रणमा लिएको वस्तु नक्कली भएको प्रहरीले बताएको छ ।
युरेनियम विक्री हुदै गरेको अवस्थामा प्रहरीले दुई स्थानबाट प्रहरीले दुई किलोभन्दा बढी युरेनियम जस्तो देखिने वस्तुसहित १५ जनालाई पक्राउ गरेको थियो ।
शंकास्पद वस्तु परीक्षणका लागि खानी तथा भूगर्भ विभागमा पठाएको थियो । परीक्षणबाट रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए ।
युरेनियमको आशंकामा नियन्त्रणमा लिएको बस्तु के हो भन्ने विवरण आइनसकेको उनले बताए ।
युरेनियम भनेर बिक्रीको तयारी गर्दैगर्दा साउन १ गते विराटनगर– ९ ट्राफिक चोकबाट उक्त वस्तु एक किलो ८७.३ ग्रामसहित आठ जना पक्राउ परेका थिए ।
विराटनगर महानगरपालिका– ३ दूधफारमनजिकबाट साउन ३ गते नौ सय ७८।६ ग्रामसहित सात जना पक्राउ परेका थिए ।
युरेनियम भन्दै बिक्री गर्ने तयारी हुँदै गरेको अवस्थामा पक्राउ परेका १५ जनाविरुद्ध भने प्रहरीले अभद्र व्यवहार मुद्दामा म्याद गरेर अनुसन्धान अघि बढाएको थियो ।
प्रतिक्रिया 4