+
+

गौतमश्री सहकारीका अध्यक्ष सार्वजनिक, ब्याज माफी दिन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते २२:००

२० साउन, काठमाडौं । गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतम सार्वजनिक भएका छन् । सहकारी बन्द गरेर एक सातादेखि फरार रहेका गौतम प्रहरीको सुरक्षाबीच शुक्रबार सहकारीको केन्द्रीय कार्यालय, कुलेश्वरमा सार्वजनिक भएका हुन् ।

उनलाई बचतकर्ताले फूलमालासहित स्वागत गरे । गौतमले पनि सोमबार नै आफू भारतबाट नेपाल फर्किएको जानकारी दिए । ‘फर्किनासाथ ठूला निक्षेपकर्ता र सहकारी विभाग लगायतसँग कुरा गरें, सबैलाई भेटघाट गरें,’ उनले भने, ‘ढुक्क रहनुस्, एक पैसा तलमाथि हुने छैन । मेरो सम्पत्ति बेचेर पनि तपाईंहरुको पैसा तिर्छु ।’

गौतमले आफू कतै नभाग्ने बताए । उनले बचकर्तालाई नआत्तिन र आफूलाई केही समय दिन आग्रह गरे । ‘केही समय दिनुस् । पहिले त दिनमा १०/२० करोड मात्रै कारोबार हुने भएर व्यवस्थापन भएको थियो, अहिले सबै जना एकैपटक माग्न आउनु भयो भने दिन सक्दिनँ,’ उनले भने,’यस्तो भयो भने त राष्ट्र बैंकले पनि सक्दैन ।’

विगतमा सहकारीमार्फत राम्रो ब्याजदर खुवाएको भन्दै उनले अब धेरै ब्याज दिन नसक्ने बताए । ‘तपाईंहरुले पनि केही ब्याज माफी दिनुस्, तपाईंको बचतभन्दा मेरो सम्पत्ति धेरै छ । ऋण उठ्न पनि बाँकी छ, तिर्न सक्छु ।’

अध्यक्ष गौतमले आजबाट सहकारीकै भवनमा बस्ने र कहीँ नजाने बताए । ‘तपाइँहरुले नै मलाई सुरक्षा दिनुस्,’ उनले भने,’ अब शनिबार पनि अफिस खोल्छु । ५-५ जनाको समूह बनाएर आउनुस् सबैलाई भेट्छु ।’

आफ्ना कम्पनीको व्यापार, सम्पत्ति, सहकारीको बचत, ऋण र जग्गा कति छ भन्ने सबै विवरण आइतबार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा बुझाउने पनि उनले बताए । ‘मन्त्रालय गएर तपाईंहरुको पैसा फर्काउने प्रतिवद्धता गर्छु,’ गौतमले भने,’षडयन्त्रपूर्वक यस्तो भयो, जे भएपनि कसैको एक पैसा डुब्ने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?