+

बंगलादेशविरुद्ध बदला लिँदै भारतले जित्यो साफ यू-२० च्याम्पियनसिप

२०७९ साउन  २० गते २२:११ २०७९ साउन २० गते २२:११
बंगलादेशविरुद्ध बदला लिँदै भारतले जित्यो साफ यू-२० च्याम्पियनसिप

२० साउन, काठमाडौं । गुरकितर सिंह एक्लैले चार गोल गरेपछि घरेलु टोली भारतले बंगलादेश विरुद्ध बदला लिँदै साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको फाइनलमा बंगलादेशलाई ५-२ ले पराजित गर्दै भारत लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।

यसअघि सन् २०१९ मा नेपालमा भएको च्याम्पियनसिपमा पनि भारतले बंगलादेशलाई नै हराएर उपाधि जितेको थियो ।

निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । जसमा भारतले तीन गोल थप्यो । भारतका गुरकिरतले निर्धारित ९० मिनेटमा दुई र अतिरिक्त समयमा दुई गोल गरे । हिमांशु जांग्राले एक गोल थपे ।

यस पटक पाँच टिम सम्मिलित च्याम्पियनसिप सिंगल राउण्ड रोविनको आधारमा खेलाइएको थियो । जहाँ बंगलादेश पहिलो र भारत दोस्रो भएर फाइनल पुगेका थिए । पहिलो खेलमै भारत बंगलादेशसँग २-१ ले पराजित भएको थियो । तर त्यसपछि भारतले लगातार चार खेल जित्दै उपाधि जित्यो ।

पहिलो खेलमा बंगलादेशसँग बेहोरेको हारको बदला लिँदै भारतले उपाधि घरमै राख्न सफल भयो । नेपाल भने तेस्रो हुँदै घर फर्किसकेको छ ।

साफ यु-२०
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय