
म के छेप्थेँ तेजाब तिमीलाई ?
पोल्दा तेजाबले तिमीलाई,
दुख्छु म आफैँ !
तेजाब त तिमीले पो छेप्यौ,
तिरस्कारको तेजाब, मेरो मुटुमा,
भतभती पोल्यो मलाई,
तर, जाती भयो !
बुझें मैले,
मलाई पोल्दा, तिमीलाई नदुख्दोरहेछ ।
सँगैमा रहँदा होस् वा साथमा नहुँदा,
मेरा लागि त तिमी सधैं मेरी हौ, मुटु हौ,
आफ्नै मुटु,
कसरी तेजाबले जलाउन सकुँला र म ?
तेजाब, त तिमीले पो छेप्यौ,
तिरस्कारको तेजाब, मेरो मुटुमा,
भतभती पोल्यो मलाई,
तर, जाती भयो !
बुझें मैले,
मलाई पोल्दा, तिमीलाई नदुख्दोरहेछ ।
मलाई पोल्दा, तिमीलाई नदुख्दोरहेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4