+
+

एमालेलाई मालेको प्रस्ताव : पार्टी एकता होइन, वाम राष्ट्रवादी मोर्चा बनाऔं

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १२:१४

२२ साउन, काठमाडौं । नेकपा मालेले वाम राष्ट्रवादी मोर्चा बनाउने अगुवाइ गर्न नेकपा एमालेलाई आग्रह गरेको छ ।

शनिबार सकिएको माले स्थायी कमिटीको बैठकले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दललाई समेटेर वाम गठबन्धनमा जोड दिएको छ । माओवादी र एकीकृत समाजवादी नआउने हो भने एमालेले वाम राष्ट्रवादी मोर्चा बनाउनुपर्ने मालेको जोड छ ।

माले महासचिव सीपी मैनाली भन्छन्, ‘प्रचण्ड माधव समेतलाई लिएर वाममोर्चा बनाउनुपर्छ भन्ने हाम्रो जोड हो । तर उनीहरु आउँदैनन् भने अरु दललाई साथमा लिएर वाम राष्ट्रवादी मोर्चा बनाउन ठूलो दलको हैसियतले एमालेले पहल गरोस् । त्यसका लागि हामी तयार छौं । राजेन्द्र लिङदेनहरु पनि आउन सक्छन् ।’

मालेले एमालेसँग तत्काल एकता भने सम्भव नभएको बताएको छ । बैठकपछि प्रवक्ता कुमार बेलबासेले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘माले सहकार्यको क्रममा मूल विचार मिल्ने पार्टीहरूबीच प्रकृयासंगत ढंगले गरिने सिद्धान्तनिष्ठ पार्टी एकीकरणको सधैं पक्षधर रहिआएको छ । तर तत्काल यसको सम्भावना नरहेको मालेको ठहर रहेको छ ।’

महासचिव मैनालीका अनुसार १७ साउनमा तुल्सीलालको स्मृति कार्यक्रममा उनले वाममोर्चा बनाउन जोड दिएका थिए । उनीभन्दा पछाडि बोलेका एमाले अध्यक्ष केपी ओलीले मोर्चा होइन, पार्टी एकतामा आउन आह्वान गरे । एमाले र मालेको एकताको बहस एमाले पङ्तीसँगै आफ्नो पार्टीमा पनि आएकाले औपचारिक रुपमा बोल्नुपर्ने महासचिव मैनालीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?