
काठमाडौं । रोहतो ग्रुपले वातावरणमा परेको नकारात्मक प्रभावलाई कम गर्न पहल सुरु गरेको छ । व्यापारीक गतिविधिबाट हुने फोहोरलाई न्यूनीकरण गर्ने उद्देश्यले सामाजिक तथा वातावरणीय पहल सुरु गरेको रोहतोले जनाएको छ । फोहोर न्यूनिकरणको जिम्मेवारी ग्राहकले मात्र नभई व्यापारिक क्षेत्रले पनि लिनुपर्ने रोहतोको भनाइ छ ।
वातावरणमा हुने नकारात्मक प्रभावलाई न्यूनिकरण गर्न आफ्नो प्याकेजिङ वातावरण तथा उपभोक्ता मैत्री बनाउने निर्णय रोहतो ग्रुपले गरेको छ । आफ्नो प्राडक्टहरुमा युजर म्यानुअल समावेश नगरेर यसको पहिलो पाइला चालेको ग्रुपको भनाइ छ ।
दिगो र इको फ्रेन्डली प्याकेजिङ सिस्टमको समर्थन गरेर फोहोर न्यूनीकरणमा सहयोग गर्न रोहतो ग्रुपले आग्रह समेत गरेको छ । भविष्यमा वातावरणीय, समाज र जनताको हित गर्ने परियोजनाहरु ल्याउने उसले प्रतिवद्ध जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4