
२२ साउन, काठमाडौं । प्रहरीले अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४३ वर्षीय भारतीय नागरिक अंकुर घनश्याम भाइ पटेल रहेका छन् ।
फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुमा झोला परीक्षण गर्ने क्रममा पक्राउ गरिएको हो ।
प्रहरीले उनको झोलाबाट अमेरिकी डलर ३ हजार ६००, पाउण्ड स्टर्लिङ २ हजार १३०, युरो ३ हजार ४००, यूइई दिराम ४ हजार ४६५ केनिया सिलिङग्स ४ हजार ६५० लगायतका मुद्रा बरामद गरेको छ ।
पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन, पुल्चोक पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4