
२३ साउन, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले मेक्सिकन क्लब पुमास उनामलाई ६-० ले हराएर जोन गाम्पर ट्रफी जितेको छ ।
घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा यसै समरमा अनुबन्ध भएका रोबर्ट लेवान्डोस्कीले पनि एक गोल गरे ।
यस्तै पेड्रीले दुई तथा उसमान डेम्बेले, पिएरे एमरिक औबामेयाङ र फ्रेन्की डे जोङले एक-एक गोल गरे । म्यानचेस्टर युनाइटेड जाने चर्चा भइरहेको फ्रेन्कीलाई क्लबमै राख्न चाहेको प्रशिक्षक जाभी र अध्यक्ष जोन लापोर्टाले बताएका छन् ।
बार्सिलोनाले आफ्ना पूर्व खेलाडी डानी अल्भसलाई समेत सम्मान गरेको थियो । अल्भस हाल पुमासमा अनुबन्ध छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4