
२३ साउन, काठमाडौं । सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा प्रहरीले काठमाडौंको टोखा नगरपालिकाबाट एक युवकलाई पक्राउ गरेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका-८ घर भई माछापोखरी बस्ने २८ वर्षीय ज्ञानेन्द्र सेन्चुरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
टोखा नगरपालिका-८ जाल्पाचोक भुवनेश्वर मार्गमा ज्ञानेन्द्रले काठमाडौं माछापोखरी बस्ने नुवाकोटकी ५९ वर्षीया महिलाको घाँटीमा लगाएको पहेंलो धातुको सिक्री तानी भागेको प्रहरी प्रभाग गोंगबुले जनाएको छ । खबर पाएपछि पुगेको गोंगबु प्रभागको टोलीले ज्ञानेन्द्रलाई ३ थान सिक्री सहित पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4