+
+

बीएचयू ब्राण्डको चिनो पाइन्ट टी-सर्ट नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १७:१६

काठमाडौं । भू-क्लोथिङ ब्राण्डले पुरुषहरूलाई लक्षित गरी चिनो पाइन्ट र पोलो टी-सर्टहरू नेपाली बजारमा ल्याएको छ । मौलिक पहिचानमा गुणस्तरीय गार्मेन्टको नेपाली बजारको आवश्यकतालाई सम्बोधन गर्ने गरी चिनो पाइन्ट र पोलो टी-सर्टहरु नेपाली बजारमा ल्याएको गार्मेन्ट व्यवसायी निलन महतले बताए ।

महत लामो समयदेखि मार्केटिङ क्षेत्रमा लामो समय व्यतित गरेका व्यक्ति हुन् । करिब चार वर्ष कपडा उद्योगमा बिताएका निलनले बीएचयू भू-क्लोथिङको सिर्जना गरेका हुन् । विशेष गरी नयाँ नेपाली ब्रान्ड बनाउन उनी अग्रसर छन् । ५ हजार थान चिनो पाइन्ट र केही थान टी-सर्टबाट उक्त ब्राण्ड लन्च गरेको उनी सुनाउँछन् । जसका लागि उनले ५० लाख रुपैयाँ लगानी गरेका थिए।

भौतिक रुपमा भन्दा पनि बीएचयू क्लोथिङको वेबसाइट तथा इन्स्टाग्राम र फेसबुक पेज मार्फत उनले ब्राण्ड लञ्च गरेका थिए । अहिले भने अनलाइनका साथै बीएचयू क्लोथिङका प्रोडक्टहरू सिभिल मल, सुरज अर्केड, लोत्से मल, दरबारमार्ग तथा कुमारी पाटी लगायतका पाँच ठाउँमा रिटेल प्लेसमेन्ट गरिएको उनले जानकारी दिए।

‘हाम्रो प्रोडक्टमा कपडा, धागो, ट्याग, बटनदेखि जिपर सबै प्रिमियम गुणस्तरका प्रयोग गरेका छौं। साथै हामीले हाम्रो ग्राहकहरूलाई धन्यवाद नोट सँगसँगै स्टाइल विथ भू बुकलेट पनि प्रदान गर्छौं । भू-का पहिरनहरू के कस्तो अवसरमा लगाउन सकिने साथै पोसाकको कसरी हेरविचार गर्ने अर्थात कसरी धुने सुकाउने भन्ने बारे सुझाव दिइएको हुन्छ’ उनले भने ।

बीएचयूका पहिरन कुन कुन फ्याब्रिकले बनेको छ भन्ने विवरण पनि उनले दिएका छन् । सानो भन्दा सानो डिटेलिङको पनि उत्तिकै ध्यान दिइएको उनले बताए ।

कति पर्छ मूल्य ?

बीएचयूको एउटा चिनो पाइन्टको मूल्य ३३ सय ५० रुपैयाँ पर्ने उनी बताउँछन् । नेक टी-सर्ट, राउण्ड नेक टी-सर्टको १ हजार ३ सय रुपैयाँ र हाल्फपेन्टको २३ सय ५० रुपैयाँ मूल्य पर्ने उनी बताउँछन् । ग्राहकले आफ्नो पहिलो खरिदमा १० प्रतिशत छुट पनि पाउनेछन्।

‘बीएचयूको चिनो पाइन्ट ९७ प्रतिशत कटन टुविल र ३ प्रतिशत स्पन्डेक्सले बनेको हुन्छ ।’ जसले गर्दा यो पाइन्ट तन्किने, लगाउँदा सहज हुने र नरम रहेको उनले जानकारी दिए। यो पाइन्ट हरेक अवसरका लागि उपयुक्त हुने उनको भनाइ छ।

बीएचयू क्लोथिङका चिनो पाइन्ट स्लिम फिट र नेपाली पुरुषहरूको हाइट, शरीरको बनावटलाई ध्यानमा राखी ३०, ३१, ३२, ३४,३६ साइजमा बनाइएको उनले बताए।

‘हामीले कर्पोरेट सर्कल तथा मध्यम वर्गीय ग्राहकहरूलाई लक्षित गरेका हौं। गुणस्तरीय चिनो पाइन्ट अथवा अरू कुनै लुगा किन्न पर्दा अन्तर्राष्ट्रिय ब्रान्डका आउटलेट नै धाउनु पर्छ भन्ने मान्यतालाई हामी चिर्न चाहन्छौं । एकदमै महंगो अन्तर्राष्ट्रिय ब्राण्ड भनेको सबैको पहुँच र जीवनशैली बन्न सक्दैन। हामी उस्तै गुणस्तरलाई नेपाली नाममा आम मानिसको पहुँचमा पुर्याउन चाहन्छौं’ उनले भने ।

बीएचयूको चिनो पाइन्ट अहिले नेपालको बैंकिङ तथा कर्पोरेट प्रोफेसनलबीच लोकप्रिय भएको उनको दाबी छ ।

बीएचयू कोल्दिङका पोसाकहरू काठमाडौंमा मात्र नभई पोखरा, बुटवलजस्ता अधिकांश शहरहरूमा पनि पुगिसकेको उनी सुनाउँछन् ।

आउँदो दशैं-तिहारलाई लक्षित नयाँ कलेक्सन पनि लञ्च गर्ने तयारी रहेको उनी बताउँछन् । उनले देशभर ५० वटा रिटेल आउटलेटमा बीएचयू क्लोथिङका पहिरनहरू राख्ने लक्ष्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?